प्रतिनिधिसभाका १६१ क्षेत्रको मतगणनामा जारी, एमाले अग्रस्थानमा (कसले कुन क्षेत्र जिते)

काठमाडौं, २३ मंसिर । मंसिर १० र २१ गरी दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ शनिबार दिउँसोसम्मको परिणामअनुसार प्रतिनिधिसभा तर्फ १६१ क्षेत्रको मतगणना जारी रहँदा नेकपा एमालेले २३ स्थानमा जित हात पारेको छ भने माओवादी केन्द्रले ७ स्थानमा विजयी भएको छ यसैगरी नेपाली काँग्रेसले ५ स्थानमा जित हात पार्दा एक स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् हालसम्म नेकपा एमालेको तर्फले दोलखा–१, काठमाडौं–३, पाँचथर, धादिङ–१, काठमाडौं–९, मोरङ–१, सिन्धुपाल्चोक २, ओखलढुंगा–१, काठमाडौं–८, मोरङ–६, धादिङ–१, मोरङ–३, बाग्लुङ–१, ललितपुर–२, ताप्लेजुङ, दार्चुला, डोल्पा, बाजुरा, मुगु, म्याग्दी–१, बझाङ, मुस्ताङ र मनाङमा जित हासिल गरेको छ यसैगरी नेकपा माओवादी केन्द्रले जाजरकोट, मोरङ–४, सिन्धुपाल्चोक–१, ललितपुर–३, बाग्लुङ–२, पश्चिम रुकुम र पूर्वी रुकुममा जित हात पारेको छ नेपाली काँग्रेसले काठमाडौं–१, ४ र १० तथा मोरङ–२ र रसुवामा गरी ५ स्थानमा जित हासिल गर्दा हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् त्यसैगरी प्रतिनिधिसभामा एमालेले ५१, माओवादी केन्द्रले २५, कांग्रेसले १९ र अन्य दलले २१ स्थानमा अग्रता बताएका छन् प्रदेशसभातर्फ एमालेले २४, माओवादी केन्द्रले ११, नेपाली कांग्रेसले ४ र अन्य दलहरु तथा स्वतन्त्र गरी ४ क्षेत्रमा विजयी भएका छन् प्रदेश सभातर्फ एमालेले ९१, माओवादी केन्द्रले ४३, नेपाली कांग्रेसले ३४ र अन्य दलका २२ उम्मेदवार अघि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?