कांग्रेस हारेपछि शेरबहादुरमाथि प्रकाशमानले लगाए यस्तो आरोप

काठमाडौं – काँग्रेस नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वकै कारण प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको प्रारिम्भक टिप्पणी गरेका छन् काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका काँग्रेस नेता सिंहले जनताको अपेक्षा अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नचलेका कारण पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको प्रारम्भिक प्रतिक्रिया दिए काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रो पटक पनि विजयी भएका उनले आफ्नै निवास चाक्सीबारीमा संचारकर्मीसँग कुरा गर्दै पार्टी नेतृत्वलाई पार्टी सही ढंगले चलाएको लाग्ने गरेपनि जनताले त्यसलाई सच्याउन निर्वाचनमार्फत् आदेश दिएको पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?