विवादकाबीच काठमाडौं–५ को मतगणना जारी, काँग्रेसद्वारा बहिस्कार

काठमाडौं, २३ मंसिर । काठमाडौंको क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महत मतगणना बहिष्कार गरेर बहिरिएका छन् निर्वाचन आयोगले आफूहरुको माग सम्बोधन नगरी मतगणना जारी राखेको भन्दै महतले मतगणना बहिस्कार गरेका हुन् महतले मतदान अधिकृतको हस्ताक्षर फरक फरक पाइएकोले मतगणना रोक्न माग गरेपछि निर्वाचन आयोग र विपक्षीले पेलेर मतगणना जारी राखेपछि आफूहरुले मतगणना बहिस्कार गरेको बताए पाँचवटा बुथमा झरेको मतमा मतदान अधिकृतको फरक फरक हस्ताक्षर भेटिएको भन्दै शुक्रबारदेखि काठमाडौं ५ को मत गणना रोक्न काँग्रेसले माग गरेको थियो काठमाडौं ५ मा वाम गठबन्धनबाट एमालेका महासचिव ईश्वर पोखरेल र कांग्रेसबाट महत उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?