मोरङ–२ मा वामपन्थीलाई पछिपार्दै कांग्रेस उम्मेदवार मिनेन्द्र रिजाल विजयी

मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल विजयी भएका छन् उनले ३५ हजार ८ सय १९ मत ल्याउँदै विजयी भएका हुन् उनका प्रतिद्वन्दी एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले ३४ हजार ८ सय १९ मत ल्याइ पराजय भएका हुन् ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं. ४ मा माओवादी केन्द्रले जितेको छ । परिणाम आउन बाँकी रहेको क्षेत्र नं. ५ मा माओवादीका शिवकुमार मण्डलले अगाडी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?