पाँचथरबाट वाम गठबन्धनका नेम्बाङ १० हजार बढी मतान्तरले विजयी

पाँचथर, २३ मंसिर । पाँचथरबाट प्रतिनिधिसभा तर्फ एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन् लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका नेता भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतले हराउँदै नेम्वाङ विजयी भएका हुन् वाम गठबन्धनको तर्फबाट एमालेका नेम्बाङले ३८ हजार ६ सय ४१ मत प्राप्त गरे भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस केन्द्रीय सदस्य आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरे संघिय समाजवादी फोरमले तेस्रो स्थान हासिल गरेको छ । समाजवादीका उम्मेद्धवार प्रेमराज लावतीले १ हजार ९ सय ९४ मत प्राप्त गरे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानका सागर केरुङले १ हजार ५ सय ९३ मत , राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले ४ सय १८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?