गोरखा–२ मा बाबुराम भट्टराई, एकमा हरिराज अघिकारी अगाडि

गोरखा, २३ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक एंव पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई २५ हजार ८७३ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले २१ हजार २७७ मत ल्याएर दोश्रो स्थानमा संघर्ष गरिरहेका छन् । श्रेष्ठले काँग्रेसको सहयोगमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईबाट चार हजार ५९६ बढीले मतअन्तरले पछि परेका छन् सो क्षेत्रमा ६० हजार मत खसेकामा अहिलेसम्म ५० हजार ४६ मतगणना भइसकेको छ यसैगरी गोरखा–१ मा माओवादी केन्द्रका नेता हरिराज अधिकारीले २० हजार ३०४ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई काँग्रेसका नेता चीनकाजी श्रेष्ठले १६ हजार ४६२ मत ल्याएर पछियाइरहेका छन् यो क्षेत्रमा ६३ हजार मत खसेकोमा अहिलेसम्म ४१ हजार ३४९ मतगणना सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?