शान्ति सम्भावनालाई राष्ट्रसंघले क्षति पुर्‍यायो : अमेरिका

न्युयोर्क, २३ मंसिर । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले इजरायल र प्यालेस्टाइनबीचको शान्तिको सम्भावनालाई राष्ट्र संघले क्षति पुर्याएको आरोप लगाएकी छन् संयुत्तः राष्ट्रंघको आपतकालीन बैठकलाई सम्बोधन गर्दै हेलीले राष्ट्र संघलाई ‘इजरेलका प्रति शत्रुता प्रकट गर्ने संसारका संस्थामध्ये सबभन्दा अगाडि रहेको एक संस्था’ भएको समेत टिप्पणी गरेकी छन् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिकी दूतावास जेरुसलेममा सार्ने निर्णयको विश्वभरबाट निन्दा भएको छ भने वेष्ट ब्यांकमा झडप समेत भएको छ प्यालेस्टिनी लडाकुहरुले इजरेली भूभागमा रकेट प्रहार गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेको छ । सो क्रममा दर्जनौं घाइते भएका छन् शुक्रबार पनि इजरायलले गरेको आक्रमणमा दुई प्यालेस्टाइनी मारिएका थिए । सो क्षेत्रप्रति दशकौं लामो अमेरिकी तटस्थता विपरीत ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णय गरेपछि मध्यपूर्वमा तनाव झनै बढेको छ इजरायलले जेरुसलेमलाई आफ्नो राजधानी भन्दै आएपनि अन्तर्राष्ट्रिय समुदाय र प्यालेस्टाइनले स्वीकार गरेका छैनन् । प्यालेस्टिनीहरुले सन् १९६७ को युद्धपछि इजरायलले जबरजस्त नियन्त्रणमा लिएको पूर्वी जेरुसलेमलाई प्यालेस्टिाइनको राजधानीको रुपमा दाबी गर्दै आएका छन् प्यालेस्टिाइनी प्रतिनिधि रियाद मन्सुरले ट्रम्पको कदमपछि अमेरिका मध्यपूर्वको शान्ति मध्यस्थकर्ताका हुन नसक्ने टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?