इलाम क्षेत्र नं. १ र २ मा खनाल र नेम्वाङको अग्रता

इलाम, २३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ क्षेत्र नं १ मा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नौ हजार ९६९ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् भने नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले पाँच हजार ७५९ मत प्राप्त गरेका छन् त्यसैगरी, इलाम–२ मा वाम गठबन्धनका सुवास नेम्वाङले नौ हजार ८४३ मत प्राप्त गर्दा काँग्रेसका केशव थापाले छ हजार ९७३ मत प्राप्त गरेका छन् प्रदेशसभा २ (क) मा वाम गठबन्धनका राम रानाले पाँच हजार चार मत र काँग्रेसका डम्बर खड्काले चार हजार २२ मत प्राप्त गरे । प्रदेशसभा–२ (ख) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता धीरेन्द्र शर्माले चार हजार १४४ मत प्राप्त गर्दा काँग्रेसका नेता खगेन्द्र देवानले दुई हजार ८४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ प्रदेशसभा १ (क) मा वाम गठबन्धनकी खिनु लिम्बूले चार हजार ७९८ र काँग्रेसका देवेन्द्र राईले दुई हजार ८७८ मत प्राप्त गरे । प्रदेशसभा १ (ख) मा वाम गठबन्धनकै काजीमान कागतेले छ हजार ६७७ र काँग्रेसका दुर्गा बरालले तीन हजार ३३७ मत प्राप्त गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?