धनुषा–३ को ताजा मतपरिणामः महतोलाई पछ्याउँदै निधि

काठमाडौं– धनुषा क्षेत्र नम्बर ३ को ताजा मतपरिणाम प्राप्त भएको छ पछिल्लो मतगणनाअनुसार राजेन्द्र महतोले १५,३५९ मत ल्याएका छन् भने विमलेन्द्र निधिले १३,४०५ मत ल्याएका छन् अहिलेसम्म कसले कहाँ जिते ? (सूचिसहित)काठमाडौं–दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको पक्षमा जनलहर देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनसामु नेपाली कांग्रेस निरिह देखिएको छ कांग्रेसले मात्र ३ प्रतिनिधिसभामा जीत हासिल गर्दा वाम गठबन्धनले २६ स्थानमा जीत हासिल गरिसकेको छ शनिबार बिहान ९ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेले १९ प्रतिनिधिसभा जितेको छ भने प्रदेशसभामा १२ सिट जितेको छ यसैगरी नेकपा माओवादी केन्द्रले ७ प्रतिनिधिसभा र ९ प्रदेशसभामा जित हासिल गरेको छ । यसैगरी नेपाली कांग्रेसले ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र जित्दा प्रदेश तर्फपनि ३ सिट नै जितेको छ यस्तै, एक स्वतन्त्रले पनि प्रतिनिधिसमा जित हासिल गरेका छन् एमालेबाट धादिङ १ मा भूमि त्रिपाठी, मोरङ३ भानुभक्त ढकाल, मोरङ १ धनश्याम खतिवडा, बझाङ भैरवबहादुर सिंह, मोरङ ६ लालबाबु पण्डित, धादिङ १ खेमप्रसाद लोहनी, बागलुङ १ सूर्यप्रसाद पाठक, ओखलढुंगा यज्ञराज सुनुवार, ताप्लेजुङ योगेश भट्टराई, दार्चुला गणेशसिंह ठगुन्ना, बाजुरा लालबहादुर थापा, ललितपुर २ कृष्णलाल महर्जन, म्याग्दी भूपेन्द्र बहादुर थापा, काठमाडौं ३ कृष्णबहादुर राई, काठमाडौं ८ जीवनराम श्रेष्ठ, डोल्पा धनबहादुर बूढा, मुस्ताङ प्रेमकुमार तुलाचन, मनाङ पाल्देन छेपाङ गुरुङ र मुगुमा गोपालबहादुर बम विजयी भएका छन् यस्तै, माओवादी केन्द्रबाट पूर्व रुकुम कमला रोका, ललितपुर ५ पम्फा भुसाल, जुम्ला गजेन्द्रबहादुर महत, सोलुखुम्बु हेमकुमार राई, सिन्धुपाल्चोक १ अग्निप्रसाद सापकोटा, रुकुम पश्चिम जनार्दन र बागलुङ २ देबेन्द्र पौडेल रहेका छन् यस्तै नेपाली कांग्रेसबाट काठमाडौं ४ गगन थापा, रसुवा मोहन आचार्य र काठमाडौं १ प्रकाशमान सिंह रहेका छन् यस्तै, स्वतन्त्रबाट हुम्लाका छक्कबहादुर लामा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?