चितवनमा दाहालको अग्रता कायम

चितवन, २३ मंसिर । चितवन क्षेत्र नं ३ मा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रता कायम रहेको छ सो क्षेत्रमा पाँच हजार ३५५ मतगणना गर्दा दाहालले तीन हजार ५६ र राप्रपा(प्रजातान्त्रिक)का महामन्त्री विक्रम पाण्डेले एक हजार ९२७ मत प्राप्त गर्नुभएको छ । पाण्डेले भन्दा दाहालले एक हजार १३० मत बढी ल्याउनुभएको हो । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ यसैगरी क्षेत्र नं २ मा चार हजार ७५६ मतगणना गर्दा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले दुई हजार ९७६ र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले एक हजार ३८३ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ क्षेत्र नं १ मा छ हजार ३६० मतगणना हँुदा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले तीन हजार ६७८ र काँग्रेसका राजेन्द्र बुर्लाकोटीले दुई हजार ४२० मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता छन् । समग्रमा जिल्लामा ७३.६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?