काठमाडौं ८ मा एमाले विजयी

काठमाडौं, २३ मंसिर— काठमाडौं क्षेत्र नम्बर ८ मा पनि एमाले विजयी भएको छ । नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई पराजित गर्दै विजयी भएका हुन् जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत पाए भने नविन्द्रराज जोशीले १२ हजार ९५३ मत पाए । यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा जोशीले श्रेष्ठलाई यही क्षेत्रबाट पराजित गरेका थिए श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत हुन् यस्तै एमाले सचिव तथा ताप्लेजुङ प्रतिनिधिसभाका उम्म्ेदवार योगेश भट्टराई विजयी भएका छन् । गत संविधानसभा निर्वाचनमा यागेश काठमाडौंबाट पराजित बनेका थिए यसपटक भने आफ्नै गृहजिल्लाबाट चुनाव लडेका उनी भारी मतान्तरसहित विजयी भएका हुन् एमाले नेता भट्टराई कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहाललाई १२हजार ५९१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २९४७९ मत पाउँदा दाहालले १६ हजार ८८८ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?