शेरबहादुुरले हराए पशुुपतिलाई, अन्तिम पटक चुनाब जित्ने राणाको चाहना अधुरै

काठमाडौं, २३ मंसिर— सिन्धुपाल्चोकबाट चुनावी प्रतिस्पर्धा अन्तिम भएको बताउँदै आएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा पराजित बन्न पुगेका छन् । आफ्नो अन्तिम चुनावी लडाईँ सुखद बनाउने उनको चाहना थियो । तर, उनको यो चाहना पूरा हुन सकेछ । वाम गठबन्धनका एमाले उम्मेदवार शेरबहादुर तामाङसँग राणा पराजित बन्न पुगेका छन् । शनिबार बिहान घोषित मत परिणामअनुसार सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राणा तामाङसँग ८०३२ मतले पराजित भए तामाङले ३८ हजार ४०१ मत ल्याए भने राणाले ३० हजार ३६९ मत ल्याए सिन्धुपाल्चोकका लागि आफूले धेरै गरेको राणाले दाबी गर्दै आएका छन् । यल्पी उनी पछिल्ला दुई चुनावमा सिन्धुपाल्चोकबाटै पराजित बनेका थिए । यो उनको हारमा ह्याट्रिक हो यस्तै काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले थापा विजयी भएका हुन् । कांग्रेसका थापाले २१ हजार ५ सय ५१ले जित हासिल गरेका छन् भने उनका प्रतिद्धन्दी एमालेका राजन भट्टराइ १८ हजार १ सय ४० मत पाप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?