काठमाडौं क्षेत्र नंबर ४ मा गगन विजयी, थापा र भट्टराइ विच ३ हजार ४ सय ११ मतान्तर

काठमाडौं, २३ मंसिर –काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले थापा विजयी भएका हुन् । कांग्रेसका थापाले २१ हजार ५ सय ५१ले जित हासिल गरेका छन् भने उनका प्रतिद्धन्दी एमालेका राजन भट्टराइ १८ हजार १ सय ४० मत पाप्त गरेका छन् यस्तै  एमाले सचिव तथा ताप्लेजुङ प्रतिनिधिसभाका उम्म्ेदवार योगेश भट्टराई विजयी भएका छन् । गत संविधानसभा निर्वाचनमा यागेश काठमाडौंबाट पराजित बनेका थिए । यसपटक भने आफ्नै गृहजिल्लाबाट चुनाव लडेका उनी भारी मतान्तरसहित विजयी भएका हुन् । एमाले नेता भट्टराई कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहाललाई १२हजार ५९१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २९४७९ मत पाउँदा दाहालले १६ हजार ८८८ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?