अपडेटः राजेन्द्र महतोको अग्रता कायमै , पछ्याउदै निधि

धनुषा क्षेत्र नम्बर ३ मा राजपाका उमेदवार राजेन्द्र महतोले अग्रता कायमै गरेका छन् । उनले कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई पछि पार्दै अग्रता कायम राखेका हुन् । राजेन्द्रले ६७४१ मत ल्याउँदा विमलेन्द्रले ५९८० मत ल्याएका छन् यस्तै चितवन क्षेत्र नम्बर ३ मा माओवादी उम्मेदवार प्रचण्डले १३१९ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका विक्रम पण्डेले ११२३ मत ल्याएका छन् । यी दुबै क्षेत्रको मतगणनालाई निकै चासोका साथ हेरिएको छ यसैगरी, काठमाडौं ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको छ । ताजा अवस्थामा गगनले ८८४१ मत ल्याउँदा राजनले ८६७९ मत ल्याएका छन् । यस्तै विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले ५६८ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?