जाजरकोट प्रदेश ख मा एमाले विजयी

जाजरकोट-जाजरकोटको प्रदेश ख मा बाम गठबन्धनका करवीर शाही विजयी भएका छन् । उनले १५१८५ मत ल्याए भने भने काङ्ग्रेसका दिपक जङ्ग शाहले १०३६२ मत प्राप्त गरे । जाजरकोटको प्रतिनिधीसभातर्फ भने माओवादीका शक्ति बस्नेत र नेपाली कांग्रेसका राजिव विक्रम शाहबिच कडा प्रतिस्पर्धा छ । मतगणनाको काम भइरहे्को छ यसैगरी डाेल्पा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन्। ११ हजार ७ सय ६१ मत ल्याएर बुढा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अंगतकुमार बुढाले ३ हजार १ सय ६७ मत मात्र ल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?