भक्तपुर २ मा महेशद्वारा दोब्बरले अग्रता

भक्तपुर-भक्तपुर क्षेत्र नं २ मा एमाले उम्मेदवारको अग्रता रहेको छ । प्रारम्भिक मतगणनामा एमालेका महेश बस्नेत ६६५ मत ल्याएका छन् यस्तै कांग्रेसका दमननाथ ढुंगानाले ३२७ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगर ११ मत ल्याएकी छिन् । मतगणना जारी छ यसैगरी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को मतगणना जारी छ । ताजा अवस्थामा वाम गठबन्धनका माओवादी उम्मेदवार अग्नी सापकोटाले अग्रता फराकिलो पारेका छन् । उनले २४५६६ मत ल्याउँदा सञ्चारमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार मोहन बस्नेतले मात्र १८४२० मत ल्याएका छन् यस्तै रसुुवा जिल्लाको प्रतिनिभिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । नेकपा एमालेका जनार्दन ढकालले ७ अजार ३ सय ९ मत ल्याउदा नेपाली कांग्रेसका मोहन आचार्यले १० हजार २७ मत प्राप्त गरिसकेका छन् । यसअघि रसुुवाको प्रदेश क मा कांग्रेसका प्रभात लामाले विजय हासिल गरिसकेका छन् । प्रदेश ख मा पनि नया शक्तिका प्रेम तामाङ विजय नजिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?