मोहन बस्नेत पछि परे, अग्नीको फराकीलो अग्रता

सिन्धुपाल्चोक, २२ मंसिर— सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को मतगणना जारी छ । ताजा अवस्थामा वाम गठबन्धनका माओवादी उम्मेदवार अग्नी सापकोटाले अग्रता फराकिलो पारेका छन् । उनले २४५६६ मत ल्याउँदा सञ्चारमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार मोहन बस्नेतले मात्र १८४२० मत ल्याएका छन् । यस्तै रसुुवा जिल्लाको प्रतिनिभिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । नेकपा एमालेका जनार्दन ढकालले ७ अजार ३ सय ९ मत ल्याउदा नेपाली कांग्रेसका मोहन आचार्यले १० हजार २७ मत प्राप्त गरिसकेका छन् । यसअघि रसुुवाको प्रदेश क मा कांग्रेसका प्रभात लामाले विजय हासिल गरिसकेका छन् । प्रदेश ख मा पनि नया शक्तिका प्रेम तामाङ विजय नजिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?