गगनलाई सकसः राजनको अग्रता कायमै

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को झण्डै ६ हजार मतगणना भइसक्दापनि गगन थापा पछाडी परेका छन् । थापालाई बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले अग्रता लिएका छन् ।राजनले २ हजार ८ सय ३२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले २हजार ४ सय ४६ मत ल्याएका छन् यसैगरी, झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक मतगणनामा नै कांग्रेसका कृष्ण प्रसाद सिटौलालाई दोब्बर मतले अग्रता कायम गरेका छन् । उनले १२सय ९९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार सिटौलाले ६ सय ७५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?