सिटौलालाई लिङ्देनले दोब्बर मतले अग्रता

झापा २२ मंसिर । झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक मतगणनामा नै कांग्रेसका कृष्ण प्रसाद सिटौलालाई दोब्बर मतले अग्रता कायम गरेका छन् । उनले १२सय ९९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार सिटौलाले ६ सय ७५ मत ल्याएका छन् यस्तै ,नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा काम गठबन्धनको अग्रता कायम छ । कांग्रेसका डा. रामशरण महतलाई माओवादी केन्द्रका हितबहादुर तामाङले एक हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन् । महतले ५ हजार ५ सय ७० मत ल्याउदा हितबहादुरले ६ हजार ६ सय ३३ मत प्राप्त गरेका छन् । यस्तै प्रदेशतर्फपनि बाम गठबन्धनका राधिका तामाङ र बद्री मैनालीले अग्रता लिइरहेका छन् यसैगरी, रसुवा जिल्लाको प्रदेश (क) बाट नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । तामाङले १८ सय २४ को मतअन्तरले विजय हसिल गरेका हुन् । प्रभातले कु्ल ६ हजार ९ सय ७६ मत प्रप्त गरेभने उनका निकटतम प्रतिद्वन्दी एमालेका कर्णेल लामा ५ हजार १ सय ५२ मत प्राप्त गरे रसुवामा नेपाली कांग्रेस र नया शक्तिबिच गठबन्धन रहेको थियो । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वार एमालेका जनार्दन ढकाल रहेका भने लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका मोहन आचार्य रहेका छन् । प्रदेश (ख) मा पनि नया शक्तिका प्रेम तामाङ विजयउन्मुख रहेका छन् । भने प्रतिनिधिसभातर्फ ढकालभन्दा आचार्य निकै अगाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?