रसुवा प्रदेश क मा कांग्रेसका प्रभात तामाङ विजयी

रसुवा, २२ मंसिर । रसुवा जिल्लाको प्रदेश (क) बाट नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । तामाङले १८ सय २४ को मतअन्तरले विजय हसिल गरेका हुन् । प्रभातले कु्ल ६ हजार ९ सय ७६ मत प्रप्त गरेभने उनका निकटतम प्रतिद्वन्दी एमालेका कर्णेल लामा ५ हजार १ सय ५२ मत प्राप्त गरे रसुवामा नेपाली कांग्रेस र नया शक्तिबिच गठबन्धन रहेको थियो । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वार एमालेका जनार्दन ढकाल रहेका भने लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका मोहन आचार्य रहेका छन् । प्रदेश (ख) मा पनि नया शक्तिका प्रेम तामाङ विजयउन्मुख रहेका छन् । भने प्रतिनिधिसभातर्फ ढकालभन्दा आचार्य निकै अगाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?