७३ मतले आरजु देउवा पछाडि

कैलाली-कैलाली क्षेत्र नम्बर ५ को प्रारम्भिक मतपरिणाम आएको छ । ताजास्थितिमा कांग्रेसकी उम्मेदवार आरजु देउवा ७३ मतले पछाडि रहेकी छिन् । उनले २३४ मत ल्याउँदा एमालेका नारदमुनि रानाले ३०७ मत ल्याएका छन् यसैगरी , झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता कायम गरेका छन् ।उनले ६ सय ५७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३ सय २३ मत ल्याएका छन् यस्तै , काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा कांग्रेसका उम्मेद्वार राजन केसी बाम गठबन्धनभन्दा निकै अगाडी देखिएका छन् । ले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । बाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेद्वार हितमान शाक्यले ७ सय ९३ मत ल्याउदा केसीले १४ सय ५९ मत प्राप्त गरेका छन् । केसीले २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई पनि पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?