कृष्ण सिटौलाभन्दा राजेन्द्र लिङदेन अगाडी, यस्तो छ मतगणनाको अवस्था

झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता कायम गरेका छन् ।उनले ६ सय ५७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३ सय २३ मत ल्याएका छन् यस्तै , काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा कांग्रेसका उम्मेद्वार राजन केसी बाम गठबन्धनभन्दा निकै अगाडी देखिएका छन् । ले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । बाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेद्वार हितमान शाक्यले ७ सय ९३ मत ल्याउदा केसीले १४ सय ५९ मत प्राप्त गरेका छन् । केसीले २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई पनि पराजित गरेका थिए यसैगरी ,निकै चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको मोरङ क्षेत्र नम्बर ६ मा बाम गठबन्धनका उम्मेद्वार लाबबाबु पण्डित प्रारम्भिक चरणमा अगाडी छन् । पण्डितले २ हजार ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?