काठमाडौँ १ मा प्रकाशमानको अग्रता कायमै

काठमाडौ ः काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता कायमा राखेका छन् । उनलाई विवेकशिल साझा पार्टीका रविन्द्र मिश्रले पछ्याइरहेका छन् । यस्तै बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका अनिल शर्मा तेस्रो स्थानमा छन् । प्रमाशमान सिंहले १ हजार ७ सय तिन मत प्राप्त गरेका छन् भने मिश्रले १ हजार ९३ मत प्राप्त गरेका छन्

पाँच स्थानमा भइरहेको मतगणनामा केही निर्वाचन क्षेत्रको प्रारम्भिक परिणाम आएको छ । क्षेत्र नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० नम्बर क्षेत्रको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

क्षेत्र नम्बर २ मा एमालेका माधवकुमार नेपाल कांग्रेसका दीपक कुइँकेलले दोब्बर मतले अग्रता लिएका छन् । कुँइकेललाई विवेकशील साझाका सूर्यराज आचार्यले सँगसँगै पछ्याएका छन् क्षेत्र नम्बर ३ मा एमालेका कृष्ण राई अगाडि छन् भने कांग्रेसकी अम्बिका बस्नेतले पछ्याइरहेकी छन् क्षेत्र नम्बर ४ मा एमालेका राजन भट्टराईको सुरुवाती अग्रता छ । कांग्रेसका गगन थापा २ सय मतले पछि परेका छन् क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेल कांग्रेसका प्रकाशशरण महतभन्दा दोब्बर मतले अगाडि छन् भने ६ मा माओवादी केन्द्रका झक्कु सुवेदी कांग्रेसका भीमसेनदाश प्रधानभन्दा २० मतले अगाडि छन् क्षेत्र नम्बर ७ मा एमालेका रामबीर मानान्धर, ८ मा कांग्रेसका नविन्द्रराज जोशी, ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० कांग्रेसका राजन केसी अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?