काठमाडौँको मतगणना तिब्र गतिमा ःदलहरुको अवस्था यस्तो छ

काठमाडौँ, २२ मंसिर ।बिहीबार भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको काठमाडौंको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ

 पाँच स्थानमा भइरहेको मतगणनामा केही निर्वाचन क्षेत्रको प्रारम्भिक परिणाम आएको छ । क्षेत्र नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० नम्बर क्षेत्रको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । उनलाई विवेकशील साझा पार्टीका रविन्द्र मिश्र र माओवादी केन्द्रका अनिल शर्माले पछ्याएका छन् क्षेत्र नम्बर २ मा एमालेका माधवकुमार नेपाल कांग्रेसका दीपक कुइँकेलले दोब्बर मतले अग्रता लिएका छन् । कुँइकेललाई विवेकशील साझाका सूर्यराज आचार्यले सँगसँगै पछ्याएका छन् क्षेत्र नम्बर ३ मा एमालेका कृष्ण राई अगाडि छन् भने कांग्रेसकी अम्बिका बस्नेतले पछ्याइरहेकी छन् क्षेत्र नम्बर ४ मा एमालेका राजन भट्टराईको सुरुवाती अग्रता छ । कांग्रेसका गगन थापा २ सय मतले पछि परेका छन् क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेल कांग्रेसका प्रकाशशरण महतभन्दा दोब्बर मतले अगाडि छन् भने ६ मा माओवादी केन्द्रका झक्कु सुवेदी कांग्रेसका भीमसेनदाश प्रधानभन्दा २० मतले अगाडि छन् क्षेत्र नम्बर ७ मा एमालेका रामबीर मानान्धर, ८ मा कांग्रेसका नविन्द्रराज जोशी, ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० कांग्रेसका राजन केसी अगाडि छन् । from  ekatipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?