नवराज सिलवालकाे शुरुवाती अग्रता

ललितपुर-ललितपुर १ को शुरुवाती चरणमा एमाले उम्मेदवार नवराज सिलवालले काँग्रेसका उदयशमशेर जबरा लाई पछि पारेका छन्। सिलवालले ४७७ मत ल्याएका छन् भने जबराले ४१४ मत प्राप्त गरेका छन्यसैगरी,प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ काठमाडौं क्षेत्र नं. ६ मा भइरहेको मतगणनाका क्रममा माओवादीका झक्कु सुवेदीले अग्रता हासिल गरेका छन् । उनले प्रारम्भिक मत गणनामा २२८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्ती एव रक्षमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले २ सय मत प्राप्त गरेका छन् त्यस्तै,२०६४ मा भएको निर्वाचनमा झक्कु काठमान्डौ क्षेत्र नं २ बाट विजयी बनेका थिए । काठमाडौं क्षेत्र नंं. ६ को मतगणना राष्ट्रिय सभा गृहमा भइरहेको छ धनुषा क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय जनता पार्टीका राजेन्द्रले प्रारम्भिक अग्रता लिएका छन् । कांग्रेसका विमलेन्द्र निधिले १ हजार ६० मत पाउदा महतोले १३ सय ५५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?