धनुषा ३ मा विमलेन्द्रलाई पछि पार्दै राजेन्द्रको शुरुवाती अग्रता

धनुषा । धनुषा क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय जनता पार्टीका राजेन्द्रले प्रारम्भिक अग्रता लिएका छन् । कांग्रेसका विमलेन्द्र निधिले १ हजार ६० मत पाउदा महतोले १३ सय ५५ मत पाएका छन् । महतोलाई निर्वाचनको पुर्वसन्ध्यामा बाम गठबन्धनले समर्थन गरेको थियो यसैगरी,प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ काठमाडौं क्षेत्र नं. ६ मा भइरहेको मतगणनाका क्रममा माओवादीका झक्कु सुवेदीले अग्रता हासिल गरेका छन् । उनले प्रारम्भिक मत गणनामा २२८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्ती एव रक्षमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले २ सय मत प्राप्त गरेका छन् २०६४ मा भएको निर्वाचनमा झक्कु काठमान्डौ क्षेत्र नं २ बाट विजयी बनेका थिए । काठमाडौं क्षेत्र नंं. ६ को मतगणना राष्ट्रिय सभा गृहमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?