भिमसेनदासलाई पछि पार्दै झक्कुको प्रारम्भिक अग्रता

काठमाडौँ, २२ मंसिर ।प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ काठमाडौं क्षेत्र नं. ६ मा भइरहेको मतगणनाका क्रममा माओवादीका झक्कु सुवेदीले अग्रता हासिल गरेका छन् । उनले प्रारम्भिक मत गणनामा २२८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्ती एव रक्षमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले २ सय मत प्राप्त गरेका छन् २०६४ मा भएको निर्वाचनमा झक्कु काठमान्डौ क्षेत्र नं २ बाट विजयी बनेका थिए । काठमाडौं क्षेत्र नंं. ६ को मतगणना राष्ट्रिय सभा गृहमा भइरहेको छ यसैगरी,काठमाडौं क्षेत्र नम्बर २ मा एमाले नेता माधव कुमार नेपालले सुरुवाती अग्रता लिएका छन् एमाले उम्मेदवार नेपालले ५१६ मत प्राप्त गरेका छन् भने दोश्रो स्थानमा विवेकशिलका सूर्यराज आचार्य छन्आचार्यले २३३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका दीपक कुईकेलको २२० मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?