म्याग्दीको प्रदेशसभा ‘क’ मा माओवादीका केसी बिजयी

काठमाडौं, २२ मंसिर–म्याग्दीको प्रदेशसभा ‘क’ मा नेकपा (माओवादी केन्द्र)का बिनोद केसी निर्वाचित भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको साझा उम्मेद्वार केसी १४ हजार ७०४ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का भिमप्रसाद गौचनले १२ हजा १७५ मत प्राप्त गरेका छन् यसअघी प्रदेशसभा ‘ख’ तर्फ गठबन्धकै उम्मेद्वार एमालेकी नरदेवी पुन १० हजार ८ सय ७१ मत सहित विजयी भएकी थिईन् । नरदेवीले नेपाली कांग्रेसका कांग्रेसका अमलाल फगामीले ७ हजार ९ सय ९० मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?