प्रहरीलाई इँटा प्रहार गर्ने दुईजना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका–२६ रंजना गल्लीस्थित ट्राफिक प्रहरी प्रभाग ठमेलमा कार्यरत प्रहरी जवान रामराज जोशीलाई इँटा प्रहार गरी घाइते बनाउने २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरुमा काठमाडौं ठमेल बस्ने तनहुँको खैरेनीटारका २५ वर्षीय विश्व गुरुङ र ठमेल बस्ने दोलखाको लामाटोल–८ का १६ वर्षीय संजिव लामा रहेका छन् उक्त प्रभागको व्यारेकको ढोकामा लात्तीले हान्दै गाली गलौच गरी होहल्ला गरिरहेको अवस्थामा प्रहरी जवान जोशी वाहिर निस्केर हेर्दा ४÷५ जनाको समूहमा रहेका उनीहरुले इँटा प्रहार गर्दा घाइते भएकोले उपचारको लागि मनमोहन अस्पताल हुँदै नेपाल प्रहरी अस्पताल महाराजगंज लगिएको छ । उनको टाउकोमा गहिरो चोट लागेको छ यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?