काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना सुरु, कुन क्षेत्रको कहाँ ?

काठमाडौं–काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना शुक्रबार विहान करिव ११ बजेबाट सुरु भएको छ सर्वदलीय बैठक सम्पन्न भएसँगै काठमाडौंको सबै निर्वाचन क्षेत्रको मतगणना एकसाथ सुरु गरिएको हो क्षेत्र नम्बर १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहबाट सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलकै नेतृत्वमा मतगणना सुरु भएको छ त्यसैगरी क्षेत्र नम्बर ५ र ७ को मतगणना नयाँ बानेश्वरस्थित सहकारी विकास तालिम केन्द्रको हलमा सुरु भएको छ भने क्षेत्र नम्बर ६ को मतगणना बबरमहलस्थित जिल्ला समन्वय समितिको हलमा र क्षेत्र नम्बर ९ तथा १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रबाट सुरु भएको छ मतगणना स्थल वरपर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन आयोगले ४ दिन भित्र प्रत्यक्षतर्फ र ८ दिन भित्र समानुपातिकतर्फको समेत मतपरिणाम सार्वजनिक गरिसक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?