नुवाकोट २ मा दश हजार मत गन्दा केसी दुई हजारले पछाडी

नुवाकोट २२ मंसिर । नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ बाम गठबन्धनका नारायण खतिवडाले कांग्रेसका अर्जुन नरसिंह के.सीलाई दुई हजार मतले पछाडी पारेका छन् । दश हजार मत गन्दा केसीले ३ हजार ५ सय ९० मत प्राप्त गरेका छन् भने खतिवडाले ५ हजार ६ सय १८ मत प्राप्त गरेका छन् । यस्तै नुवाकोट क्षेत्र नम्बर १ मा पनि बाम गठबन्धनका हित बहादुर तामाङले कांग्रेसका डा. रामशरण महतलाई पछि पारिरहेका छन् यसैगरी, जाजरकोट जिल्लामा पनि प्रतिनिधिसभा निर्वाचनको मतगणनामा बाम गठबन्धनको फराकिलो अग्रता देखिएको छ । बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शक्ति बस्नेतले ७ हजार ८७ मत ल्याउदा नेपाली कांग्रेसका राजीवविक्रम शाहले ५ हजार ४ सय ७३ मतमात्र प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?