जाजरकोटको प्रतिनिधिसभामा वाम गठबन्धनको अग्रता बढ्दो

जाजरकोट, २२ मंसिर । जजरकोट जिल्लामा पनि प्रतिनिधिसभा निर्वाचनको मतगणनामा काम गठबन्धनको फराकिलो अग्रता देखिएको छ । बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शक्ति बस्नेतले ७ हजार ८७ मत ल्याउदा नेपाली कांग्रेसका राजीवविक्रम शाहले ५ हजार ४ सय ७३ मतमात्र प्राप्त गरेका छन् यस्तैनेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन्  रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार ४०६ मत ल्याए । रोका प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो महिला सदस्य हुन् नयाँ शक्तिका उम्मेदवार जितमान पुन ‘मार्शल’ले १ हजार ४८९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?