पूर्वी रुकुममा माओवादी केन्द्रले जित्यो प्रतिनिधि र प्रदेश सभाका तीन वटै सिट

रुकुम, २२ मंसिर । नेकपा (माओवादी केन्द्र) ले पूर्वी रुकुममा प्रतिनिधिसभा र प्रदेश सभाका गरी तीन वटै सिटमा जित हासिल गरेको छ प्रतिनिधिसभातर्फ पूर्वी रुकुमबाट माओवादी केन्द्रकी कमला रोका यसअघि नै विजयी भइसकेकी छने भने प्रदेश सभामा पनि दुवै सिट जितेको छ रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराउँदै प्रतिनिधिसभाका लागि विजयी भएकी छन् रोकाले १० हजार ४ सय ३४ मत पाइन भने घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे । नयाँ शक्तिका उम्मेदवार जितमान पुन ‘मार्शल’ ले १ हजार ४ सय ८९ मत ल्याए यसैगरी प्रदेशसभातर्फ पनि दुईवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् क्षेत्र (क) मा माओवादी केन्द्रका तेजबहादुर ओली ५ हजार ४ सय २७ मतसहित बिजयी भए भने उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १ सय ४४ मत पाए त्यसैगरी, प्रदेशसभा (ख) मा माओवादी केन्द्रकै पूर्णबहादुर घर्ती ५ हजार ८ सय १६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?