सिन्धुपाल्चोकमा अग्नि सापकोटा झण्डै ५ हजार मतान्तरले अगाडि

चौतारा, २२ मंसिर । सिन्धुपाल्चोकमा वाम गठबन्धनका उम्मेदवार अग्नि सापकोटा फराकिलो मतान्तरले अघि देखिएका छन् बिहान साढे ९ बजेसम्मको मत परिणामअनुसार सापकोटाले ११ हजार १ सय ९५ मत प्राप्त गरेका छन् भने सञ्चारमन्त्री समेत रहेका काँग्रेसका मोहनबहादुर बस्नेतले ६ हजार ९ सय ८२ मत पाएका छन् यस्तै सिन्धुपाल्चोक २ मा पनि वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङ अघि देखिएका छन् तामाङले ९ हजार २ सय मत प्राप्त गरेका छन् भने उनीसँग प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिकका पशुपति शमसेर राणाले ८ हजार ५ सय ६१ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?