काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुदै

काठमाडौं, २२ मंसिर । काठमाडौं जिल्लाको मतगणना बिहान १० बजेदेखि सुरु हुने भएको छ सर्वदलीय बैठकमा विहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति बनेको हो । बिहान साढे ९ बजेभित्र सबै दलले प्रतिनिधिहरु पठाईसकेपछि १० बजेदेखि मतगणना सुरु हुनेछ काठमाडौंका निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा हुने छ भने निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा तथा क्षेत्र नं. ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुनेछ निर्वाचन क्षेत्र नं. ६ को जिल्ला समन्वय समिति बबरमहलमा र निर्वाचन क्षेत्र नं. ८ को वनपरिसर बबरमहलमा मतगणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?