सिन्धुपाल्चोकमा अग्नि सापकोटा अगाडि, पशुपति शमसेर र शेरबहादुरको टक्कर

सिन्धुपाल्चोक, २२ मंसिर । सिन्धुपाल्चोकमा भइरहेको मतगणनाअनुसार क्षेत्र नम्बर एकमा प्रतिनिधिसभातर्फ अग्नि सापकोटाले फराकिलो अन्तर बनाएका छन् उनले नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग ३ हजार ३ सय भन्दा बढी मतको अन्तर बनाइसकेका छन् । सापकोटाको ७ हजार ६ सय ६६ मत रहेको छ भने बस्नेतले ४ हजार ३ सय ५ मत प्राप्त गरेका छन् यसैगरी क्षेत्र नम्बर दुईमा पशुपति शमसेर राणा र शेरबहादुर तामाङबीच कडा प्रतिस्पर्धा देखिएको छ शुक्रबार बिहानको मतपरिणाम अनुसार शेरबहादुरले बिहान पुनः अग्रता लिएका छन् । उनले ७ हजार ६ सय ३१ मत पाएका छन् भने राप्रपा प्रजातान्त्रिकका राणाको ७ हजार १ सय ४१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?