२०७४, २२ मङ्सिर शुक्रवार ०२:४४

ललितपुरको एक क्षेत्रमा बाम, एक क्षेत्रमा कांग्रेस अगाडी


प्रकाशित मिति : २०७४, २२ मङ्सिर शुक्रवार ०२:४४

ललितपुर २२ मंसिर । उपत्यका तीन जिल्ला( काठमाडौँ, भक्तपुर र ललितपुर) का १५ प्रतिनिधिसभा र ३० प्रदेशसभा सदस्यका लागि बिहीबार भएको मतदानको मतगणना ललितपुर बाहेक अन्यत्र शुरु हुन सकेको छैन ललितपुर क्षेत्र नम्बर १ को बाहेक अन्य दुई क्षेत्रको गणना भइरहँदा क्षेत्र नम्बर २ मा एमाले र ३ मा कांग्रेसले शुरुवाती अग्रता लिएका छन् । क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन ५ हजार ३७७ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई कांग्रेसका चन्द्र महर्जनले ३ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य १ हजार १६७ मतका साथ अगाडि छन् भने माओवादीकी पम्फा भुसालले ७१५ मतका साथ पछ्याइरहेकी छन् । क्षेत्र नम्बर १ को मतगणनापनि केही समयमा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस