अपडेट: ५ स्थानमा बाम विजयी, २२ ठाँउमाअगाडि

काठमाडौँ–  प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार पाँच  स्थानमा विजयी बनेका छन् भने २२ स्थानमा अगाडि छन् । प्रतिनिधि सभातर्फ एमाले १२ र माओवादी केन्द १० स्थानमा अगाडि छ । त्यस्तै प्रदेशतर्फ एमाले १० र माओवादी केन्द्र ८ स्थानमा अग्रता लिएको छ । मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । तुलाचन ३५४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका  छन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकालीले जित हासिल गरेका थिए । उनी त्यसपछि मन्त्रीसमेत भएका थिए । मुस्ताङमा पहिलो चरणमा मंसिर १० गते मतदान भएको थियो भने बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । यसअघि मुस्ताङकै क प्रदेशमा एमालेका इन्द्रधारा विष्टले जित हासिल गरेका थिए । हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । त्यस्तै, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र खमा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन् । यसैवीच रुकुम पूर्वमा कमला रोका विजयी  प्रतिनिधी सभा निर्वाचन तर्फ माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको छ । माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीलाई १४ हजार ४ सय ३४ मत ल्याएर पराजित गरेकी हुन् । घर्तीले ४ हजार ४ सय ६ मत पाएका थिए । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् । रुकुमबाट यसअघि माओवादीकातर्फबाट समानुपातिक सभासद् रहेकी कमला रोका माओवादी राज्य समिति सदस्य हुन् । २०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी रोका २०४६ सालदेखि राजनीतिमा लागेकी हुन् । मनाङबाट कांग्रेसको खाता खुल्यो  मनाङको प्रदेशतर्फ   क मा कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले गराएका हुन् ।  बिजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । उता ख मा भने स्वतन्त्र उम्मेदवार राजिव गुरुङ विजयी बनेका छन् । गुरुङले १४१० मत ल्याउदा उनका प्रतिद्धन्दी कांग्रेसका कर्म गुरुङले १०२० मत पाएका छन् । रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?