अपडेटः नुवाकोटमा बाम गठबन्धनले लियो अग्रता

नुवाकोट-नुवाकोटको दुई ओटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । मतगणना जारी रहेको अवस्थामा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३३३६ मत ल्याएका छन् भने कांग्रेसका रामशरण महतले २८८३ मत ल्याएका छन् यसैगरी क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडाले ३०७० मत ल्याउँदा कांग्रेसका अर्जुन नरसिंह केसीले १९७० मत ल्याएका छन् सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिक अगाडि देखिएको छ । राप्रपाका पशुपतिशमशेर राणाले ६१२९ मत प्राप्त गरेका छन् भने एमालेका शेरबहादुर तामाङले ५९२९ मत प्राप्त गरेका छन् यस्तै सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले ८९७० मत र कांग्रेसका मोहनबहादुर बस्नेतले ४९४५ मत ल्याएका छन् । मतगणना जारी छ रसुवा प्रतिनिधिसभामा कांग्रेस अगाडि देखिएको छ । मतगणना जारी रहँदा कांग्रेस मोहनका आचार्यले ३५२३ र नेकपा एमालेका जनार्दन ढकालले २२४९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?