गोरखा २ को मतगणना रोचक भएपछि बाबुरामले लेखे यस्तो

काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अन्तिम समयसम्म नतिजा पर्खिन आग्रह गरेका छन् गोरखा २ का उम्मेदवार समेत रहेका उनको माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठसँग रोचक टक्कर परेपछि भट्टराईले फेसबुकमा भनेका छन्, ‘होप फर बेस्ट, प्रिपियर फर दि ओर्ट ।’उनले अन्तिम नतिजा नआएसम्म कुनै तनाव नहुने पनि बताएका छन् यो पनि पढौँ,रुकुम– पश्चिम रुकुममा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका जनार्दन शर्माले अग्रता फराकिलो पारेका छन् । उनले ताजास्थितिमा शर्माले २५७४ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोपालीजी जंग शाहले ७१५ मत ल्याएका छन् यस्तै,मनाङमा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठवन्धनका पाल्देन छोपाङ गुरुङले अग्रता कायम गरिरहेका छन् । झण्डै १८ सय मत गन्दा उनले ९०८ मत पाएका छन् भने कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् । झण्डै ४३ सय मत खसेको मनाङको मतपरिणाम रातीसम्म आउने आँकलन गरिएको छ मतगणना तिब्र पारिएका अन्य जिल्लाको परिणाम भने आउन बाँकी नै छ । यस्तै प्रदेशको परिणम भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?