२०७४, २१ मङ्सिर बिहीवार १२:४४

यि हुन् सबैभन्दा छिटो मतपरिणाम आउने जिल्ला, यसरी हुुदैछ मतगणना


प्रकाशित मिति : २०७४, २१ मङ्सिर बिहीवार १२:४४

काठमाडौँ, २१ मंसिर —पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना सुरु भएसँगै कुन जिल्लाको परिणाम पहिला सार्वजनिक होला भन्ने चासो बढेको छ । सवैभन्दा कम मतदाता रहेको मनाङ र मुस्ताङको परिणाम सवैभन्दा पहिला आउने सम्भावना रहेको छ मनाङमा ५ हजार र मुस्ताङमा ६मंसीर १० गते सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्बाचनको दार्चुला जिल्लामा बिहिबारदेखी मतगणना शुरु भएको छ । पुर्ब निर्धारीत समय बेलुकि ५ बजेदेखी नै कर्मचारी आवास भवनमा मतगणना शुरु भएको हो । मंसीर १० गते सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्बाचनको दार्चुला जिल्लामा कर्मचारी आवास भवनमा ४ स्थानबाट मतगणना शुरु भएको छ । मतगणना स्थल कर्मचारी आवास भवनमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । २ स्थानमा प्रदेश सभा र २ स्थानबाट प्रतिनिधिसभाको गरी ४ स्थानबाट मतगणना शुरु भएको हो शुरुमा प्रदेशसभा क्षेत्र नम्बर क अन्तरगत मालीकार्जुन गाउँपालीकाको वडा नम्बर ५ का मतदान केन्द्रहरु डाडाकोट र लीमाको मतपेटिका खोलेर मतगणना शुरु भएको छ । भने प्रदेश सभा क्षेत्र नम्बर ख अन्तरगत अपिहिमाल गाउँपालीकाको सिति र लुम्ती मतदान केन्द्रको मतगणना हुदैछ । यस्तै प्रतिनिधिसभातर्फ ६÷६ मतदान केन्द्रको मतगणना दुइ टाउँबाट हुदैछ । एउटा कोठाबाट ब्यास गाउँपालीकाको सिद्धनाथ माबि सिना, लेकम गाउँपालीकाको मकन्ना, नौगाड गाउँपालीकाको गणेश माबि सिप्टी, मार्मा गाउँपालीकाको दह, माबि पत्थरकाडा र महाकाली नगरपालीकाको धौकोट मतदान केन्द्रको मतगणना एक ठाउँबाट हुदैछ । यस्तै मार्मा गाउँपालीकाको भुमिराज माबि इयरकोट, लेकम को माबि चौड बित्थड, ब्यास गाउँपालीकाको सुनसेरा ख केन्द्र, महाकाली नगरपालीकाको लुर्गा लटिनाथ माबि मैखोली, अपिहिमाल गाउँपालीकाको खन्डेश्वरी माबि छेत्ति र मार्मा गाउँपालीकाको माबि शेरी मतदान केन्द्रको मतगणना दोस्रो कोठाबाट सुरु गरीएको हो कुल ७८ हजार ५ सय १३ मतदाता रहेको दार्चुला जिल्लामा ६९.४० प्रतिषत अर्थात ५४ हजार ४ सय ९३ मतदाताले मतदान गरेका छन । ‘मतगणना स्थलमा खटिने कर्मचारीको छनौट गरेर अनुमती पत्रको व्यवस्था गरिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुले र कर्मचारीहरुले आलोपालो मिलाएर मतगणना स्थलमा रहनसक्नेगरी परिचयपत्र जारी गरीएको छ । यस्तै पत्रकार महासंघ को नेतृत्वमा जिल्लास्थित पत्रकारहरुलाइ समेत समाचार संकलकोलागी भित्र जान सक्नेगरी प्रबेश अनुमति पत्र दिइएको छ । र भित्र सुचना डेस्क स्थापना गरीएको छ । रातदिन लगातार मतगणना गरिने हँुदा २३ गतेभित्र नै मतपरिणाम आईसक्ने पुर्बानुमान मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाको रहेको छ । मतगणनालाइ धादलिरहित, निस्पक्ष, बिबादरहित र पारदर्शी बनाउन मतगणना स्थलमा सिसि क्यामरा, तारजाली को ब्यबस्थापन गरीएको छ ।हजारको हाराहारीमा मत खसेका थिए ।

प्रतिक्रिया दिनुहोस