म्याग्दीमा पनि शुरु भयो मतगणना

काठमाडौँ, २१ मंसिर —म्याग्दीमा मतगणना सुरु गरिएको छ । प्रतिनिधि सभा एक र प्रदेश सभाको दुइ रहेको म्याग्दीमा मतगणना ५ बजेदेखि सुरु गरिएका हो । म्याग्दीमा वडा अनुसार मतगणना गरिएको छ म्याग्दी प्रतिनिधिसभाको कुल मतदाता ७५ हजार ५३८ रहेको मध्य ४७ हजार ४४९ मत खसेको थियो । भने बामगठबन्धनबाट एमालेका भपुेन्द्र थापा र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काग्रेसका जिल्ला सभापति खम्वीर गर्वुजा मुख्य प्रतिस्पर्धीमा रहेका छन् जिल्लाको प्रदेशसभा क्षेत्र (क)मा कुल मतदाता ४२ हजार ९९३ जना रहेकोमा २७ हजार ६७५ मत खसेको थियो । बाम गठबन्धनबाट माओवादी केन्द्रका युवा नेता बिनोद केसी र लोकतान्त्रीक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचन मुख्य प्रतिस्पर्धामा रहेका छन् जिल्लाको प्रदेशसभा क्षेत्र (ख)मा कुल मतदाता ३२ हजार ५४५ जना रहेकोमा १९ हजार ७७४ मत खसेको थियो । बाम गठबन्धनबाट पुर्व राज्यमन्त्रि एमालेकी नरदेवी पुन र लोकतान्त्रीक गठबन्धनबाट काँग्रेसका क्याप्टेन अमलाल फगामी मुख्य प्रतिस्पिर्धी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?