सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

चितवन, २१ मंसिर – जिल्लामा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको हो नियन्त्रणमा लिइएका सवारीसाधन एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्को प्रयोजनमा प्रयोग गरिएको उनले बताए जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध राम्रो भएको भन्दै उनले सहज रुपमा मतदान भइरहेको बताए । प्रहरीले पूर्वी चितवनबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । हालसम्म निर्वाचन विरोधी गतिविधि गर्ने २८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरु बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?