कांग्रेसका शीर्ष नेताको आशीर्वाद लिएर मतदान गरेँ : मन्त्री पाण्डेले

चितवन, २१ मंसिर । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले नेपाली कांग्रेसका सभापतिसहितका शीर्ष नेतासँग टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताएका छन् भरतपुर महानगरपालिका–२७ स्थित जानकी उच्च मावि मतदान केन्द्रबाट मतदानपछि प्रतिक्रिया दिँदै उनले आफू यस क्षेत्रबाट नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार भएकाले कांग्रेस नेताको आशीर्वाद लिएर मतदान गरेको बताए चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पाण्डे राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष छन् उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालासँग टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताए उनले राप्रपा, कांग्रेससँगै नेकपा एमाले र माओवादीकै मत पनि आफूलाई आउने दाबी गरे उनीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चुनावी प्रतिस्पर्धामा छन् । मन्त्री पाण्डेले आजको यो क्षण ऐतिहासिक भएको भन्दै आम जनतालाई आफ्नो अधिकार निर्धक्क भएर प्रयोग गर्न आग्रह गरे उनले कसैको लोभलालचमा नपरी आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पनि आह्वान गरे सरकार निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न प्रतिबद्ध रहेको भन्दै मन्त्री पाण्डेले आम जनताको साथ र समर्थनबाट निर्वाचन सफल हुने बताए । उत्सवको रुपमा मतदानमा सबै सहभागी हुन उनले आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?