भक्तपुरको गणेश प्रावि केन्द्रमा एमाले–कांग्रेस झडप

काठमाडौं, २१ मंसिर । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड हुँदा दुई जना घाइते भएका छन् झडपका कारण युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेत घाइते भएका हुन् । घाइते अर्का व्यक्तिको भने नाम खुलेको छैन । उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको छ मतदानका क्रममा कांग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरुको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताले आरोप लगाएका छन् कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?