बाबुराम र नारायणकाजीको भिडन्त रहेको गोरखामा यस्तो छ मतगणनाको तयारी

गोरखा,२१ मंसिर । पहिलो चरणमा मतदान भएका क्षेत्रको मतगणना आज साँझ ५ बजेबाट सुरु गर्न निर्वाचन अयोगले निर्देशन दिएसँगै गोरखामा सुरक्षा व्यवस्था कडा हुँदै गएको छ जिल्ला समन्वय समिति अगाडि नै तारबार लगाएर खानतलासी पछि मात्रै कार्यलय भित्र काम लिएर जानेहरुका लागि प्रवेश दिन थालिएको छ । जिल्ला समन्वय समिति चोक भित्र मालपोत, नापी, जिल्ला प्रहरी, विद्युत, जिल्ला अदालत, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्राविधिक कार्यलय, जिल्ला समन्वय समितिको कार्यालय रहेका छन् मतगणना गर्ने थाहा पाएपछि दलका कार्यकर्ताहरु समेत बजार आउन थालेका छन् । हिजोको तुलनामा आज बजारमा चहलपहल बाक्लिदै गएको छ । विद्युत महसुल बुझाउन जानेहरुका लागि जिल्ला अदालततिरको बाटो प्रयोग गर्न दिइएको छ । निर्वाचन क्षेत्र नं. १ को मतगणना स्थलमा पुग्न तिनवटा सुरक्षा घेरा पार गर्नुपर्दछ । निर्वाचन क्षेत्र नं. २ को मतगणना स्थलमा पुग्न पाँचवटा सुरक्षा घेरा पार गर्नुपर्दछ । फोटो सहितको परिचयपत्र बोकेका दलका प्रतिनिधि र गणनामा खटिने कर्मचारीबाहेक अन्यले प्रवेश पाउने सम्भावना छैन । मतगणना स्थलमा क्यामेरा, मोवाइल निषेध गरिएको छ । निर्वाचन आयोगले जारी गरेको निर्देशन र जिल्लामा तयार गरिएका नियमहरु पालना गरिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए गोरखा मा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको रोचक प्रतिस्पर्धा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?