जेरुसेलमबारे इजरायल र प्यालेस्टाइनको विवाद के हो ?

एजेन्सी, २१ मंसिर । जेरुसेलम इजरायल र प्यालेस्टाइन दुवैले दाबी गर्दै आएको क्षेत्र हो । ट्रम्प जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने विश्वकै पहिलो नेता भएका छन् उनले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएर तेल अभिभको राजदूतावासलाई जेरुसेलम सार्न निर्देशन दिएपनि त्यो तत्काल कार्यान्वयन भने हुनेछैन । इजरायल र प्यालेस्टाइनबीच जेरुसेलम विवाद लामो समयदेखि चल्दै आएको छ जेरुसेलम इजरायल–अरब तनावमा सबैभन्दा विवादित मुद्दा समेत हो । पैगम्बर इब्राहिमलाई आफ्नो इतिहास मान्ने इस्लाम, यहुदी र इसाई धर्मावलम्बीले पवित्र स्थलका रुपमा मान्दै आएका छन् हिब्रु भाषामा जेरुसेलम र अरबी भाषमा अल कुद्सको नामले चिनिने यो सहर संसारको सबैभन्दा प्राचीन सहरमा एक हो । यो सहरलाई केही पटक कब्जा गरेर, ध्वस्त पारेर पुनः बसाइएको हो । सोही कारण पनि यहाँको माटोको हरेक पत्रमा इतिहासको एक पत्र लुकेको बताउने गरिन्छ हाल जेरुसेलम अलग अलग धर्मका मानिसहरुबीच विभाजन र संघर्षका कारण चर्चामा रहने गरेको छ । तर यो सहरको इतिहासले यी सबै मानिसलाई जोड्ने गर्दछ । सहरको केन्द्रमा रहेको प्राचीन सहरलाई ओल्ड सिटी भनिन्छ प्यालेस्टाइन र इजरायलको विवादको केन्द्रमा प्राचीन सहर जेरुसेलम रहेको छ । यो विवादले पटक पटक हिंसात्मक रुप लिने गरेको छ । सोही कारण पनि जेरुसेलममा हुने हरेक घटना महत्वपूर्ण हुने गर्दछ । यो सहर धार्मिक सँगसँगै कूटनीतिक र राजनीतिक रुपमा पनि महत्वपूर्ण छ अधिकांश इजरायली जेरुसेलमलाई आफ्नो देशको राजधानी मान्दछन् । इजरायलको स्थापना सन् १९४८ मा भएको थियो । सोही बेला इजरायली संसदलाई सहरको पश्चिमी भागमा स्थापित गरिएको थियो । सन् १९६७ मा युद्धका क्रममा इजरायलले पूर्वी जेरुसेलममाथि पनि कब्जा गरेको थियो सोही क्रममा प्राचीन सहर पनि नियन्त्रणमा आएको थियो । इजरायलले यो इलाकामाथि कब्जा जमाएपनि अन्तराष्ट्रिय मान्यता पाएको छैन । जेरुसेलममाथि इजरायलको पूर्ण सम्प्रभूतालाई मान्यता नमिलेपनि यसलाई इजरायलले अस्वीकार गर्दै आएको छ जेरुसेलमबारे प्यालेस्टाइनको भनाई फरक रहेको छ । पूर्वी जेरुसेलम प्यालेस्टाइनको राजधानीका रुपमा आफूहरुको हक स्थापित हुनुपर्ने प्यालेस्टाइनीको माग रहेको छ इजरायल–प्यालेस्टाइनको विवाद समाधान गर्ने र शान्ति स्थापना गर्ने यो नै अन्तर्राष्ट्रिय शुत्र भएको जनाउदै आएको छ । यसका पछि सन् १९६७ अघिको सीमाको स्वतन्त्र प्यालेस्टाइनी राष्ट्र निर्माणको विचार हो । संयुक्त राष्ट्र संघको प्रस्तावमा समेत यही लेखिएको छ जेरुसेलमको एक तिहाइ जनसंख्या प्यालेस्टाइनी मूलका मानिसको रहेको छ । उनीहरु सदयौंदेखि यहाँ बस्दै आएका छन् । सहरको पूर्वी भागमा यहुदी बस्ती विस्तार विवादको सबैभन्दा ठूलो कारण बनेको छ अन्तर्राष्ट्रिय कानुनले यसलाई अस्वीकार गरेको छ । सोही कारण इजरायलमा दूतावास राख्ने सबै राष्ट्रले तेल अभिभमा दूतावास र कन्सुलेट कार्यालय खोलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?