ट्रम्पले दिए जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता

वासिंगटन, २१ मंसिर । अमेरिकाको दशकौं पुरानो नीतिलाई उल्ट्याउँदै राष्ट्रपति डोनल्ड ट्रम्पले विवादित जेरुसलेम शहरलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका छन् अरब राष्ट्रको व्यापक दबाब र आलोचनाकाबीच ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका हुन् । यद्यपि उनले लामो समयदेखि द्वन्द्वरत मध्यपूर्वको शान्तिका लागि अमेरिका प्रतिबद्ध रहेको बताए दुबै पक्षले मान्ने हो भने लामो समयदेखि चल्दै आएको इजरायल–प्यालिस्टिनी द्वन्द्व अन्त्य गर्न दुई राष्ट्रको समाधानलाई समर्थन गर्न आफु तयार रहेको उनको भनाई थियो बुधबारराति ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अमेरिकी दूतावास इजरायलको तेल अभिभबाट जेरुसलेममा सारिने घोषणा गरे । ट्रम्पको पछिल्लो घोषणाले विवादित शहरबारेको अन्तर्राष्ट्रिय सहमति उल्लंघन भएको छ अरब देशहरुले यो कदमले मुसलमान विश्वमा हिंसालाई बढावा दिनसक्ने चेतावनी दिएका छन् । प्यालेस्टाइनले पनि जेरुसलेम आफ्नो राजधानी भएको दावी गर्दै आएको छ राष्ट्रपति ट्रम्पको घोषणाले तत्काल कडा अन्तर्राष्ट्रिय प्रतिकृया आएको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले यो एउटा ठूलो चिन्ताको क्षण भएको बताएका छन् फ्रान्सका राष्ट्रपति एम्यानुएल मक्रोंले फ्रान्सले अमेरिकी कदमको समर्थन नगर्ने स्पष्ट पारेका छन्प्यालिस्टिनी इस्लामवादी समूह हमासले राष्ट्रपति ट्रम्पको निर्णयले त्यस क्षेत्रमा अमेरिकी हितहरुमा नरकको ढोका खोलीदिने चेतावनी दिएको छ ट्रम्पको घोषणाको केही मिनट भित्रै एउटा टेलिभिजन वक्तव्यमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो घोषणा ऐतिहासिक र न्यायपूर्ण रहेको बताए अमेरिकी संसदले गएको २२ वर्षदेखि त्यस्तो कदम चाल्न भनेपनि यसअघिका अमेरिकी राष्ट्रपतिहरुले त्यस्तो नगर्ने अडान लिएका थिए उनीहरु जेरुसलेमको भविष्य लेनदेनका आधारमा तय गरिने समझदारीबाट टुङ्गो लगाइनुपर्नेमा एकमत रहँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?