१ सय १९ वर्षीया बृद्धाले मतदान

काठमाडौँ, २१ मंसिर – डडेल्धुरामा १ सय १९ वर्षीया बृद्धाले मतदान गरेकी छिन् अमरगढी नगरापलिका वडा नं ६ भजनपुर बस्ने ११९ बर्षिय पार्वती देवी खड्काले बिहिबार मतदान स्थलमै पुगि मतदान गरेकी हुन् । उनले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं.६ को भजनेउटा चौतारो मतदान केन्द्र (ख) बाट मतदान गरेको मतदान अधिकृत पदमराज भट्टले जानकारी दिए खड्का १९५५ जेठ १० गते जन्मिएकी हुन् । उनले २०४६ सालयताका सबै चुनावमा मतदान गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?