२०७४, २१ मङ्सिर बिहीवार ०५:०३

मतदाता नआएपछि सिके राउतको गाउँमा सुरु भएन मतदान


प्रकाशित मिति : २०७४, २१ मङ्सिर बिहीवार ०५:०३

सप्तरी, २१ मंसिर । सप्तरी जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता छन् । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहेका छन् । यस केन्द्रमा अहिलेसम्म कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएका छैनन् त्यहाँ खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदाताको प्रतीक्षामा छन् । यहाँबाट गाउँलेलाई मत खसाल्न नदिएर निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको बताइन्छ प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्ला बाँकी सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं हर्षोल्लासपूर्वक मतदान भइरहेको छ मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि यहाँ तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस